सनसिटीमा बस्ने संक्रमितका दुई कामदारसहित ‘ब्लक ए’ का सबैको टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौं,वैशाख ३/पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।

बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।

दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।

स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।

गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य(आमा र छोरा)लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो।

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।

सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’