अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित

अमेरिका, बैशाख ३/ कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ।

पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ।

वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्। समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ।

यहाँसंक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ। संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख भन्दा बढी छ। मृतकको संख्या १० हजार ८ सय नाधेको छ। बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले बताउदै आएका छन्। अ

मेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी हो। न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने चार हजार भन्दा बढीको ज्यान गइसकेको छ।

विश्वभर १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। १९ लाख ९७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्उु भएको छ। स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित ४ लाख ७८ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन्। चीनमा ७७ हजार ८ सय १६, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’