पर्वतमा ६८ जनाको थ्रोड स्वाब संकलन-सवैको नेगेटिभ

पर्वत, २ वैशाख। कोरोना भाइरस पत्ता लगाउने अवलम्बन गरिने थ्रोड स्वाबबाट संकलन गरिएका सवैको रिर्पोट नेगेटिभ देखिएको छ । पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाका अनुसार जिल्लामा हालसम्म ६८ जनाको स्वाब संकलन गरिएकोमा सवैका नतिजा नेगेटिभ आएको हो ।

यस अघि बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी संगै तीर्थयात्राबाट फर्किएका पर्वतका दुई बृद्धाको पनि थ्रोड स्वाब संकलन गरिएको थियो । कुश्मा नगरपालिका १ पाङका ति बुद्ध दम्पत्तिको पनि रिपोट नेगेटिभ देखिएको डा देवकोटा बताए । यस अघि बागुङकी महिलाको पनि थ्रोड स्वाबको रिर्पोट भने नेगेटिभ नै आएको थियो ।

६८ जना मध्ये १ जना बागलुङकी संक्रमीत युवतीसंगै कतारबाट आएका युवा थिए । बाँकी ६७ जना पर्वतकै बासिन्दा रहेका छन । उनीहरु सवै यो अवधिमा विदेशबाट पर्वत आएका हुन ।

यसैगरी पर्वत जिल्लामा विदेशबाट फर्किएकाहरु सवैको र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरिएको छ । बिदेशबाट फर्किएका २ सय ४३ जनाको परिक्षण नेगेटिभ देखिएको डा. देवकोटाले जानकारी दिएका छन । जिल्लामा चैत्र महिना पछि विदेशबाट फर्किएका सवैको परिक्षण कार्य सकिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’