हेलिकप्टरबाट उद्दार गरिएकी बागलुङकी गर्भवती महिलाको अस्पताल नपुग्दै मृत्यु

पोखरा, १ बैशाख – हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी बागलुङकी गर्भवती महिलाको अस्पालल नआईपुग्दै मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकप्टरबाट पोखरा ल्याईंदै थियो ।
गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यका अनुसार, उनको अस्पताल नआउँदै मृत्यु भईसकेको थियो । सामाजिक विकास मन्त्रालय गण्डकीको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरि पोखरा ल्याईंदै थियो ।

तर, अस्पताल ल्याउँदा उनको मृत्यु भईसकेको अस्पतालका निर्देशक डा. आचार्यले जानकारी दिए । मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरी हेलिकप्टरमार्फत पोखरा ल्याइएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’