बागलुङकी एक महिलामा कोरोना पोजेटिभ : पुनः परीक्षणका लागि पोखरा पठाउने तयारी

बागलुङ / दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको छ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

‘तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने, ‘अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ।’

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड-१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’