कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ७ सय संक्रमित

काठमाडौं, चैत ३०/ कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ। यस्तै यसबाट करिब ७ सय गैरआवासीय नेपाली संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको हो ।

एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृत्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो।

जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीकाे संख्या सयभन्दा बढी भइसकेकाे उनले जानकारी दिएका छन्।

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अन्य देशमा पनि विवरण संकलन भइरहेकाे एनआरएनले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’