नेपालमा साढे ४ हजार कोरोना परीक्षण सम्पन्न, एक दिनमै आयो ९ सय नतिजा

काठमाडौं/ केही दिनयता नेपालमा कोरोना परीक्षण तीव्र बनेको छ। दिनमै ८ सयभन्दा बढी संख्यामा कोरोना भाइरसको परीक्षण हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरससम्बन्धी तथ्यांक दैनिक अपडेटअन्तर्गत शनिबार दिउँसो भएकाे पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नमुना संकलनको संख्या तथा परीक्षणको दायरा बढाइएकाले दिनमै ८ सयभन्दा बढी नतिजा आउने थालेको जानकारी दिएका हुन्।

‘अहिलेसम्म देशभर कोरोना परीक्षणको कूल संख्या ४ हजार ४ सय २६ पुगेको छ,’ उनले भने, ‘तर संक्रमितको संख्या ९ बाट बढेको छैन, आज आएका सबै नतिजा नेगेटिभ (कोरोना नभएको) आएका छन्।’

कूल नतिजामध्ये ३ हजार ३ सय ९२ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र ७ सय ४२ उपत्यकाबाहिर परीक्षण भएकाे प्रवक्ता देवकाेटाले बताए।

‘तीमध्ये गत २४ घण्टामा ८ सय ९७ जनाको नमुना परीक्षणको रिपोर्ट आएको हो,’ उनले भने, ‘तीमध्ये काठमाडौंको प्रयोगशालाबाट ६०९ र बाहिरबाट २८८ नतिजा आएका हुन्।’

जुन सबै नेगेटिभ रहेको उनले बताए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’