बागलुङ्गका क्षेत्रीलाई नातिको बिहेमा बेलायत पुगेको बेला कोरोना संक्रमण, उपचारको क्रममा मृत्यु

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ७ नेपालीको ज्यान गएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका बागलुङका कर्ण बहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो ।

सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेका छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’