बागलुङमा ९४ जनाको ¥यापिड टेष्ट, सबै नेगेटिभ

बागलुङ,२८ चैत। दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शुक्रबार ९४ जनामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ। जिल्लाका बिभिन्न स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा र्‍यापिड टेष्ट गरिएको हो।

विदेशबाट आएका बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ जना र तमानखोला गाउँपालिकाका ७ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको छ। यद्यपी स्वास्थ्य निर्देशनालयले तत्काल रिपोर्ट सार्वजनिक नगरी प्रदेश स्तरबाट एकमुष्ठ रिपोर्ट सार्वजनिक गर्न निर्देशन प्राप्त भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए। ‘स्थानीय तह र जिल्लाको रिपोर्ट सार्वजनिक नगर्ने भन्ने छ’ कार्यालय प्रमुख गुरौले भने, ‘अहिलेलाई यति बुझौ, आजको जिल्लाभरको परीक्षणमा दुखद समाचार छैन।’

जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ। परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १०३,काठेखोला गाउँपालिकामा ५६,बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जना छन्।

र्‍यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउँछ। यदी रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा भने पुनः स्वाब समेत संकलन गरिने पोखरा या काठमाडौं पठाइने गुरौले बताए। संक्रमण पोजेटिभ देखिएका सम्बन्धित व्यक्तिलाई भने क्वारेन्टाइनमै राखिने उपचार र निगरानी गरिनेछ। स्वास्थ्य मन्त्रालयले र्‍यापिड टेष्टका लागि प्रयोग जिल्लामा १ हजार थान आरबिटि किट पठाएको छ। बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’