पर्वतको कुश्मा र फलेवासमा भोलीदेखि कोरोनाको ¥यापिड टेष्ट गरिने

पर्वत । कोरोना परिक्षणको द्रूत विधि पर्वतमा पनि लागू हुने भएको छ । पर्वत जिल्ला अस्पतालका निमिक्त सुपरिटेण्डन डा. शिशिर देवकोटाका अनुसार जिल्लाका दुई नगरपालिकाहरुमा ¥यापिड टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण गरिनेछ ।
भोली नै भारतबाट चैत्र १ गते पछि फर्किएका ५० जनाको फलेवास नगरपालिकामा परिक्षण गरिने डा. देवकोटाले जानकारी दिए । परिक्षण कार्यको तयारी फलेवास नगरपालिकामा सकिएको र भोली नै नगरक्षेत्रमै गएर परिक्षण कार्य गरिने डा. देवकोटाको भनाई छ ।
कोरोना परिक्षणको दायरा बढाउँदै लगेको जिल्ला अस्पतालले कुश्मा नगरपालिकामा पनि परिक्षण कार्य गर्ने भएको छ । जिल्लाका लागि हाल १ सय वटा किट प्राप्त भएका छन । त्यसबाट एक जना जनाको परिक्षण गर्न सकिन्छ ।
१५ मिनेट भित्रै नतिजा दिने उक्त ¥यापिड किट बागलुङमा संक्रमितको संख्या बढेका कारण मन्त्रीपरिषदको निर्णय अनुसार प्राप्त भएको हो । अहिले बागलुङका विभिन्न स्थानीय तहहरुमा पनि ¥यापिड टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण कार्य भईरहेको छ