गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुको ज्वरो १०२ डिग्री !

धौलागिरी अस्पताललाई स्रोत र साधनको कमी हुन दिन्नः मुख्यमन्त्री गुरुङ

सुवास गौतम, बागलुङ /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज शुक्रबार कोरोना संक्रमितहरुको उपचार गराई रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङको निरिक्षण आउनुभएको थियो । दुईजनालाई कोरोनाको संक्रमण पुष्टी भएसंगै उच्च जोखिममा रहेको बागलुङमा मुख्यमन्त्री स्थलगत निरिक्षणमा आउदा साथ अञ्चल अस्पतालको मुखैमा रहेको हेल्थ डेक्समा थर्मल गनको सहायताले ज्वरो नाप्नुभयो । मुख्यमन्त्री गुरुङले हेल्थ डेक्समा सहभागी स्वाथ्यकर्मीलाई सोध्नुभयो मेरो ज्वरो कती रहेछ ? स्वास्थ्यकर्मी आत्तिदै भने १०२ डिग्री !

मुख्यमन्त्री छउमै रहेका अस्पतालका मेसु डा. शैलेन्द्र बि पोख्रेलले गर्मीमाका कारणले ज्वरो बढी देखिएको हुन सक्ने भन्दै एक छिन आराम गर्न भन्नुभयो । मुख्यमन्त्री थर्मलगनको विश्वसनियतामाथी शंका गर्दै पुन ज्वरो नाप्न आग्रह गर्नुभयो । दोस्रो पटक ज्वरो नाप्दा १००.८ डिग्री ज्वरो देखिएपछि मुख्यमन्त्री गुरुङ अस्पतालको निरिक्षणमा लाग्नुभयो । गुरुङलाई थर्मल गन ठिक नभएको भन्ने मनमा शंका पैदा भइर्यो । एक घण्टाको बसाई पछि मुख्यमन्त्री निस्कने बेलामा पुन ज्वरोनाप्न थाल्नुभयो । उहाँको ज्वरो घटेर ९८ डिग्री पुगेको पाइएपछि मुख्यमन्त्रीले भन्नुभयो ‘थर्मल गन ठिक रहेछ, म नै बढी हतासमा आएको रहेछु ।’

डा. शैलेन्द्र बि पोख्रेलले हतासमा आउदा आउदै शरिरको तापक्रम बढ्दा ज्वरो र ब्लड प्रेसर धेरै देखिने बताउनुभयो । यस्तो वेलामा शरिरले आराम पाउदासाथ आफै कम हुने उहाँको भनाई रहेको छ ।

धौलागिरी अस्पताललाई स्रोत र साधनको कमी हुन दिन्नः मुख्यमन्त्री गुरुङ

दुईजनालाई कोरोनाको संक्रमण पुष्टी भएसंगै उच्च जोखिममा रहेको बागलुङमा मुख्यमन्त्री गुरुङ्ग स्थलगत निरिक्षणमा आउनुभएको हो । जिल्लामा कोरोनाका विरुद्धमा भइरहेको काम, अस्पतालले दिइरहेको सेवा सुविधा तथा समास्याको स्थलगत निरिक्षणमा बागलुङ आउनुभएको हो । मुख्यमन्त्री गुरुङ्ग संगै राजनैतिक सल्लाहकार तथा नेकपा गण्डकी प्रदेशका सचिब गोबिन्द नेपाली, मुख्य सचिब हरिप्रसाद बस्याल लगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले धौलागिरी अञ्चल अस्पताललाई स्रोत र साधनको कमी हुन नदिने बताउनुभएको छ । उहाँले काधमा काध मिलाएर कोरोना विरुद्ध लाग्न सबैलाई आग्रह गर्दै कोरोना संक्रमितहरुको उपचारमा कुनी कमि हुन नदिन अस्पताललाई आग्रह गर्नुभयो । “स्रोत र साधनको हामी व्यवस्था गरेका छौं” गुरुङले भन्नुभयो “अस्पतालले विरामीको उपचार र कोरोना रोकथामका लागि अझै प्रभावकारी भुमिका खेलोस ।” गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको भन्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले धौलागिरी अस्पताललाई महत्वपूर्णका साथ सहयोग गरिरहेको भन्दै उपचारमा कुनै कसुर नराख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । अस्पताल व्यवस्थापनका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि। पोख्रेल, फिजिसियन डा। प्रदिप श्रेष्ठले संक्रमितको बारेमा जानकारी तथा समस्याका विषयमा मुख्यमन्त्री गुरुङको ध्यानआर्कषण गराउनुभयो । मुख्यमन्त्री गुरुङले हाल चार वेड क्षमताको आइसोलेसन वार्डको क्षमता विस्तार गर्न अस्पताललाई अनुरोध गर्नुभयो ।

अहिले धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा संक्रमितको उपचार भइरहेको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाक्टरहरुले जनाएका छन् । गण्डकी प्रदेश सरकारले कोरोनाको उपचारका लागि एक भेन्टिलेटर प्रदान गरी सकेको छ भने सघन उपचार कक्ष निर्माण गर्नका लागि बजेट विनियोजन गर्ने भएको छ ।आर्दशसञ्चारबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’