बेलायतमा थप दुई नेपालीको काेरोनाका कारण मृत्यु

लण्डन/बेलायतको नट्टिघममा बस्दै आएका ५८ वर्षीय भूतपूर्व गोरखा सैनिक शिव श्रेष्ठको बुधबार निधन भएको छ। सोलुखुम्बु पुर्ख्यौली घर भएका श्रेष्ठलाई श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको थियो।

श्रेष्ठलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठको मृत्यु कोरोनाका कारण हो कि होइन भन्ने जानकारी चिकित्सकले केही दिनमा गराउने नट्टिघन नेपाली समाजका सल्लाहकार रणबहादुर केसीले बताएका छन्। केसीका अनुसार श्रेष्ठको परिवारलाई हाल आइसोलेसनमा बस्न भनिएको छ। उनका श्रीमती र दुई छोरा रहेका छन्। उनी नेपाली समाज नट्टिघमका संस्थापक सदस्य पनि थिए।

यस्तै, पारिवारिक भेटघाट तथा नातिको विवाहमा बेलायत आएका अर्का एक ७० वर्षीय नेपालीको लण्डनमा मृत्यु भएको छ। स्रोतका अनुसार उनको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा बुधबार निधन भएको हो।

कोरोना संक्रमणका कारण उनको निधन भएको आशंका गरिएको छ। मृतकका परिवारले उनको परिचय खुलाउन चाहेका छैनन्। उनी श्रीमतीसहित युके आए पछि छोराबुहारीका साथमा लण्डन बस्दै आएका थिए।

यसअघि पर्वत स्थायी घर भएका ५९ वर्षीय भूतपूर्व गाेरखा सैनिक चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको समाचार आएकाे थियाे।नेपालखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’