भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

काठमाडौं/सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने गाडी खुलाउने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।

समितिका सदस्य तथा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्‍न बाध्य सर्वसाधारणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको बताए। उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्।

सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मजदुर र अन्य सर्वसाधारण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो। यसबाट उपत्यकामा आपूर्ति पनि सहज हुने विश्वास लिइएको बताइएको छ। लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्‍न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै उपत्यका बाहिर गइरहेका छन्। यस्तोमा सरकारले राजधानी उपत्यका छाड्न चाहनेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो।

सवारी साधन यात्रु जहाँका लागि छुटेको हो सोही ठाउँ पुगेको पहुँच पूर्जी स्थानिय निकायबाट लिन अनिवार्य गरिने छ। सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ। यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’