लक डाउन उल्लंघन गर्ने १४ जना पक्राउ , सवारी साधन पनि नियन्त्रणमा

पर्वत / लक डाउन उल्लंघन गर्ने १४ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
पर्वतको सदरमुकाम कुस्माबजार र आसपासको क्षेत्रबाट लक डाउन उल्लंघन गरेको आरोपमा बिहीबार १४ जना ब्यक्ति र केही सवारी साधन प्रहरीले नियन्त्रण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार लक डाउनको अबधीमा बिना पास सञ्चालनमा आएका ७ वटा सवारी साधनको चापी पनि नियन्त्रणमा लिइएको छ। लक डाउन उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले सक्रियता नियन्त्रणमा लिन थालेको हो । सोमबार पनि ११ जनालाई नियन्त्रणमा लिएको छ ।
लक डाउनमा कडाई गर्दै जिल्ला कार्यालयले सोमबार सुचना प्रकाशित गर्दै सडकमा अनावश्यक रुपमा हिड्डुल नगर्न सचेत गराएको थियो । कार्यालयले लक डाउनको अबधीमा पनि बिहान र साँझ पख हिड्ने क्रम बढेकोले मर्निङ्ग र इभिनिङ्ग वाल्कमा समेत रोक लगाएको छ । दिउँसो र साँझ बिहान समेत सडकमा हिड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
कार्यालयले बिदेशबाट चैत्र महिना यता आएका मानिसहरु पनि घरमै क्वारेन्टाईनमा नबसी छिमेक र गाउँघरमा हिड्डुल गरेको, भलिबल खेल्ने, समुह बनाएर एक्लै हिड्ने गरेको पाइएकोले नजिकको स्थानिय तह र प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेकोे छ। यसरी हिडेको पाइएमा प्रचलित कानुन अनुसार काबार्ही गर्ने सुचनामा जनाइएको छ।
समाप्त चैत्र २६

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’