कालोबजारीमा मुछिएका शंकर ग्रुपका मालिक सात दिन हिरासतमै

काठमाडौं /थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका नेपालको चर्चित ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अनुमति दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी हेविन्द्र बोगटीका अनुसार प्रशासनले अग्रवाललाई सात दिन थुनामै राख्‍न अनुमति दिएको बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएका हुन्। अग्रवाललाई अहिले दरबारमार्ग बृत्तको हिरासतमा राखिएको छ।

अग्रवाललाई प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत म्याद थपका लागि प्रशासन उपस्थित गराएको थियो। जगदम्बा ग्रुपका सञ्‍चालक अग्रवाललाई महानगरीय अपराध महाशाखाले ३ हजार पर्ने थर्मल गन १६ हजारसम्ममा बेचेको अभियोगमा पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसरले अग्रवललाई कालोबजारीको कसुरमा हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रशासनसँग अनुमति मागेको थियो। कोरोना भाइरसको प्रकोपसँगै नेपाली बजारमा अभाव रहेको ज्वरो परीक्षण गर्ने थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा ग्राहक बनेर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’