कोरोनामाथि विजय प्राप्त गरेको दिदी–बहिनीकै परिवारको अनुभव – क्वारेन्टाईनमा बसेर रोग बिरुद्ध लड्यौ

सातजना संक्रमित, हाल सबै संक्रमण मुक्त

एजेन्सी। कोरोनाभाइरसको संक्रमणले विश्व नै आतंकित छ । यस्तो अवस्थामा कोरोना संक्रमण पुष्टि भएमा जो कोही पनि भयभित हुन्छ नै । यद्यपि, भारतको पुणेमा दुई दिदीबहिनी र उनीहरुका परिवारले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेका छन् । उनीहरुको दुई परिवारमा सात जना कोरोनाभाइरस संक्रमित थिए ।

हाल सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको बताइन्छ । उनीहरु सबैले कोरोनालाई परास्त गरेका हुन् । ४१ वर्षीया सारिका (नाम परिवर्तन) ले प्रारम्भिक ५–६ दिनसम्म फेमिली डाक्टरसँग उपचार गराएपछि पनि सञ्चो नभएकाले भारती अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् ।

उनकी दिदी सीमा (नाम परिवर्तन) सोही अस्पतालकी नर्स हुन् । उनले नै बहिनी सारिकाको हेरचाहसमेत गरेकी थिइन् । त्यतिबेलासम्म सारिकामा कोरोना संक्रमण पुष्टि भइसकेको थिएन । चार दिनपछि जब उनको रिपोर्ट आयो, उनी कोरोना संक्रमित रहेको पुष्टि भयो । पछि उनका पति, छोराका साथसाथै सीमा, उनको पति र छोरीमा समेत संक्रमण पाइयो ।

सारिका भेन्टिलेटरमा थिइन् । पूरा परिवार कोरोना संक्रमणका कारण त्रसित थियो । तर सीमाले हौसला कायम राख्दै आफू र पूरा परिवारको रेखदेख गरिन् । उनी भन्छिन्, ‘हामी दिदीबहिनीकै पति र बच्चाहरुको रिपोर्ट पनि पोजेटिभ आयो भन्ने थाहा भएपछि सुरुमा त डर लाग्यो । तर यसरी काम चल्दैन भन्ने लाग्यो । कोरोनासँग लड्नुबाहेक अरु विकल्प थिएन । डाक्टरले पनि हौसला बढाउनुभयो, यसले आत्मविश्वास जाग्यो र हामी दुवैको परिवारले कोरोनालाई पूर्ण रुपमा पराजित गरिदियौँ ।’

१२ दिनसम्म भेन्टिलेटरमा


सारिकाको अवस्था निकै खराब भएको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । यस्तो अवस्थामा सीमा र उनको परिवारमा समेत कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा रहे । यसक्रममा सारिकालाई भेट्न अस्पतालमा जानेसमेत कोही भएन ।

सारिकालाई भने कोरोना संक्रमण फेला परेको जानकारी समेत दिइएको थिएन । उनीसँग परिवारका सदस्यहरुले भिडियो कलमार्फत कुरा गर्दथे । कुरा गर्दा आफूहरु क्वारेन्टाइनमा रहेको पनि उनीहरुले सारिकालाई बताएका थिएनन् ।

१२ दिनपछि सारिकालाई भेन्टिलेटरबाट निकालियो । अनिमात्र उनले दिदीसहित परिवारका सदस्यहरु बिरामी रहेको र सोही अस्पतालमा उपचाररत रहेको जानकारी पाइन् ।

-दैनिक भास्करबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’