कोरोनाबाट अमेरिकामा एकै दिन १,९१९ को मृत्यु, तीन लाख एक हजार ८२८ कोरोना संक्रमित उपचारपछि निको

विश्वभर १४ लाख २५ हजार बढी संक्रमित

काठमाडौ, २६ चैत । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ८१ हजार ९६८ जनाको ज्यान गएको छ ।

२०९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट हालसम्म १४ लाख २५ हजार ७१६ मानिस संक्रमित भएको पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार ८२८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९२० जनाको उपचार भइरहेको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९१९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे १२ हजारभन्दा धेरै पुगेको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा पनि एकै दिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार पुगेको छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६८० जना नयाँ बिरामी थपिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’