राहत वितरणको फोटो खिचे कारबाही गर्ने प्रशासन कार्यालयको चेतावनी

पर्वत, २५ चैत । जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरणको फोटो खिचेर सामाजिक सञ्जालमा हाले कारबाही गर्ने चेतावनी दिएको छ ।
राहत वितरणको नाउँमा अनावश्यक भिड जम्मा गर्ने र तस्विर खिचेर सामाजिक सञ्जालमा हाल्ने प्रचलन बढ्दै गए पछि स्बाव परिक्षण गरिएको ब्यक्ति र राहत लिने ब्यक्तिहरुको तस्विर नखिच्न प्रशासनले आग्रह् गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्धारा सुचनामा यस्तो कुरा उल्लेख गरिएको छ ।
कोरोना संक्रमणका कारण विपन्न वर्ग पिडित भएको भन्दै सरकारले राहत प्याकेजको घोषणा गरेको छ ।
सोहि बमोजीम पालिकाहरुले राहत वितरण गरीरहेका छन । कतिपय स्थानीय तहले भने राहत लिनेहरुको तस्विर खिचेर राहत वितरणको मर्म विपरितका कामहरु गरेपछि सरकारले त्यसमा कडाई गरेको हो ।
