लकडाउन अझै दुई सातासम्म लम्बिने संकेत

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई साता कठिन चुनौतीको सामना गर्न देशबासीलाई अपिल गरेका छन्।

उनले आगामी दुई साता अहिले भन्दा धेरै चुनौतीपूर्ण हुने बताएपछि लकडाउन अझै दुई साता लम्बिने देखिएको हो।

भारतमा कोरोनाले महामारीको रुप लिन थालिसकेको अवस्थामा नेपालमा दुई सातादेखि जारी लकडाउन वैशाख मध्यसम्म जाने अवस्था देखिएको हो। ‘ दुई सातादेखि लकडाउनका कारण म सम्बेदनशील छु। तर यो महामारीसँग जुध्न हामीसँग अर्को विकल्प पनि छैन’, उनले भने, ‘हामीले अझै दुई साता योभन्दा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ।’

ओली नेतृत्वको मन्त्रिपरिषद्ले सोमबार मात्रै लकडाउनलाई वैशाख ३ सम्म लैजान निर्णय गरिसकेको छ। तर कोरोनाको संक्रमणमा नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा सरकाले लकडाउनलाई वैशाख मध्यसम्म लैजान सक्ने संकेत गरेको हो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’