पर्वतको फलेबास नगरपालिकामा एक वडाबाट अर्को वडामा आवतजावतमा रोक

पर्वत ,चैत्र २५ /बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को माहामारीबाट बच्न उच्च सतर्कता अपनाउँदै पर्वतको फलेबास नगरपालिकाले एक वडाबाट अर्को वडामा आवतजावत गर्नमा पनि रोक लगाएको छ ।
फलेबास नगरपालिकाले तेस्रो चरणको लक डाउनलाई अझै कडा बनाउनका लागि नगर कार्यपालिकाको सोमबार बसेको बैठकले एक वडाबाट अर्को वडामा जान समेत रोक लगाएको हो ।
संक्रमणको जोखिम उच्च रहेको अबस्थामा नागरिकलाई आफ्नै घरमा बस्न र हिडडुल नगर्न आग्रह गर्दै बिरामी र अत्याबश्यक काम बाहेक एक अर्को वडामा पनि आवतजावत नगर्न रोक लगाइएको बैठकपछि नगरप्रमुख पदमपाणी शर्माले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
फलेबासले अर्को जिल्ला र पालिकाबाट आएका नागरिकलाई समेत क्वारेन्टाईनमा राख्दै आएको छ ।
लकडाउनलाई प्रभाबकारी बनाउन नगरपालिका भित्र रहेको देबिस्थान, कार्किनेटा, भंगारा र खानीगाउँ प्रहरी चौकीलाई प्रोत्साहन स्वरुप १ लाख ४० हजार र धुलिखेल अस्पताललाई ३० हजार रुपैया दिने निर्णय समेत गरेको छ।
फलेबासले राहत बितरणका लागि मापदण्ड र मुल्य सुची समेत पारित गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’