पर्वतमा लकडाउन उलंघन गर्ने ११ जना पक्राउ, सवारी साधन पनि नियन्त्रणमा

पर्वत, २४ चैत/ कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकाम बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिए सँगै थप सजगता अप्नाइएको पर्वतमा प्रहरीले समेत कार्बाही गर्न शुरु गरेको हो । सर्वसाधारणकै सुरक्षार्थ लकडाउन गरिएपनि पर्वतमा सर्वसाधारणबाटै पटकपटक उल्लंघन हुने गरेपछि एक्सनमा जान बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले बताउनुभयो ।

यस्तै ३ वटा मोटरसाईकल तथा ५ वटा अन्य सवारी साधन र अवैध रुपमा ओसापसार गरिरहेको मदिरालाई समेत नियन्त्रणमा लिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय पर्वतले समेत पटक पटक सर्वसाधरणका लागि सूचित गरिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’