दुई मुस्ताङ्गीको घरभित्रै रहस्यमय मृत्यु !

काठमाडौं/अमेरिकामा दुई नेपालीको घरभित्रै रहस्यमय मृ’त्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने अन्दाजी ४० बर्षका सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन विष्टको मृ’त्यु भएको हो । जमैकामा एक्लै बस्दै आएका सोनामको मृ’त्यु कोठाभित्रै भएको जनाइएको छ ।
फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको कोठामा गएर हेर्दा सोनाम मृ’त अवस्थामा भेटिएका थिए । उनीहरु केही दिनदेखि बिरामी रहेको बताइएको छ । उनको मृ’त्यु कोरोना संक्रमणको कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन बाँकी रहेको छ । १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ ।

त्यस्तै, झण्डै १९ बर्षदेखि अमेरिकाको सन्नीसाइडमा बस्दै आएका थोंग्वेन विष्टको बस्दै आएको अपार्टमेन्टमा मृ’त्यु भएको छ । विगत एकसातादेखि बिरामी रहेका उनको श’व भने प्रहरीलेनै दाहसंस्कार गरिसकेको जनाइएको छ । विष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’