माहामारी संग देश जुधिरहँदा कांग्रेस नेताले मागे मध्याबधी चुनाब, नेता महतको मागको सर्बत्र आलोचना

काठमाडौं । मुलुक कोरोनाको माहामारीका बिरुद्ध जुधि रहेका बेला नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले मध्याबधी चुनाबको माग गरेका छन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै मध्याबधी निर्वाचनको माग गरेका हुन ।
एक टेलिभिजन शोमा अन्तर्वाता दिदै नेता महतले चुनाबको बिकल्प नभएको दाबी गरे ।
उनले अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, सरकार गठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा असफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्छ ।
त्यस्तै, उनले स्वास्थ्य सामग्री खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै यो प्रकरणमा मुख्य जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोरखरेलले लिनुपर्ने बताए । उनले उपप्रधानमन्त्री पोखरेलले तत्काल राजनीमा दिनुपर्ने माग गरे ।
उनले भने,यदि राजीनामा दिएनन भने हामी आन्दोलन गर्छौं । उहाँ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक भएको नाताले उहाँले जिम्मेवारी लिनुपर्छ ।” कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको राम्रो भन्दै यसको समयावधि थप्नुपर्ने समेत उनले सुझाव दिए ।
नेता महतको मागको सर्बत्र आलोचना नेता मागको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । महामारी संग जुध्नका लागि सरकारलाई सहयोग गर्नुको साटो उल्टै सत्ताको दाउ कुरेर बसेको भन्दै उनको आलोचना भएको छ।