कोरोना संक्रमित युवतीलाई बागलुङ्ग पु¥याएका चालक चित्रबहादुर भन्छन – ‘म हेल्दी छु, कोही त्रसित हुनुपर्दैन’

पोखरा/बागलुङकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि गण्डकी प्रदेशमा एकाएक खैलाबैला भयो, ‘बागलुङकी युवतीमा पनि कोरोना भाइरस संक्रमण देखियो रे !’ बेल्जियमबाट नेपाल आएकी ति युवती गण्डकी प्रदेशको औपचारिक रुपमा कोरोना भाइरसको संक्रमण भेटिएकी पहिलो युवती हुन् ।
यद्यपि, सिंगो देशको तुलनामा पाँचौ कोरोना संक्रमित । चैत १० गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा नेपाल भित्रिएकी १९ वर्षिया एक युवतीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगिसकेको छ ।
संक्रमित बागलुङकी युवतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै आएको बताइएको छ । उनी पूर्ण रुपमा स्वास्थ प्रमाणित हुन उनको स्वाब टेस्टको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आउनुपर्छ । संक्रमित युवतीको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आईसकेको छ । तर, संक्रमित युवती र महिलालाई आफ्नो सवारी ६३५३ नं.को स्कार्पियोमा बागलुङ पु¥याउने चालक माछापुच्द्रे गाउँपालिका घाचोकका चित्रबहादुर रोका भने संक्रमित युवती र महिलालाई उनको साधनमा बागलुङ पु¥याएकै कारण समस्यामा छन् । संक्रमित युवतीलाई सवारीमा बागलुङ पु¥याएकै कारण आफन्तजनहरु त्रसित बनेको उनी बताउँछन् ।
उनका अनुसार, पोखराको जिरो किमीबाट संक्रमित युवतीलाई पिकअप गरि पु¥याएका थिए । गएको चैत ४ गते पोखरादेखि बागलुङ पु¥याएको मितिले पनि उनले संक्रमित युवतीलाई पिकअप गरेको १६ दिन भईसक्यो । युवतीसंगै छैठौ संक्रमित ६५ बर्षिय वृद्धा महिला पनि थिइन ।
आफूमा कुनै लक्षण नदेखिए पनि चिनजानका मान्छेले कोरोना संक्रमितको जस्तो व्यवहार गरेको उनले सुनाए । ‘म मा त्यस्तो कुनै लक्षण देखिएको छैन । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब टेस्टको लागि पनि आएँ’, उनले भने, ‘तर, लक्षणहरु केही पनि देखिएको छैन । डाक्टरले पनि तपाईं ठिक हुनुहुन्छ, फाइन हुनुहुन्छ भनेर प्रमाणित गरि सक्नुभएको छ । आत्तिनु पर्ने केही नभएको बताउनुभएको छ ।’
आफूदेखि सबैजना त्रसित भएपनि कोरोना संक्रमित भएको फिल नै नभएको उनले बताए । ‘मलाई त्यस्तो केही लागेको छैन । म हेल्दी छु, तन्दुरुस्त छुँ,’ उनले भने, ‘पहिलाजस्तो थिएँ । त्यस्तै छुँ ।’
कोरोना संक्रमित युवतीलाई बागलुङ पु¥याएको थाहा पाएपछि चैत ५ देखि चैत १२ सम्म भेट भएका जति सबै जना त्रसित बनेको भन्दै उनले गुनासो पोखे । ‘संक्रमित युवती बैनी जो मेरो साधनमा चढेर बागलुङ जानु भएको थियो । उहाँ मेरो साधनमा चढेर गईसकेपछि सबैजना त्रसित हुनुहुन्छ’, उनले भने, ‘त्रसित नहुनको लागि सबै जनालाई म तन्दुरुस्त, पहिला जस्तो थिएँ त्यस्तै छुँ भन्ने कुरा अवगत गराउँन चाहन्छु ।’ यो मान्छे कोरोना भाइरस संक्रमित व्यक्ति हो, टाढै बस्नुपर्छ भन्ने खालको सोचाईं मान्छेहरुले राखे पनि आफूँ स्वस्थ छुँ भन्नेमा ढुक्क रहेको उनले बताए ।
ड्राइभर सुरक्षित हुनुहुन्छ ; डा. विनोद विन्दु शर्मा
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले पनि संक्रमित युवतीलाई बागलुङ पु¥याउने ड्राइभर सुरक्षित रहेको बताउँछन् । ‘संक्रमित युवतीबाहेक उनका हजुरबुबा, हजुरआमा सबै जना सुरक्षित हुनुहुन्छ । शंकास्पद सबै जनाको नमुना संकलन ग¥यौं र टेस्ट ग¥यौं’, उनले भने, ‘उहाँहरु सुरक्षित हुनुहुन्छ । त्यो नानीको बारेमा तपाईंहरुले मिडियामा देखिसक्नु भएको छ, अब हामीले डराउनु पर्ने केही पनि छैन ।’
थप सुरक्षाको लागि उनलार्ई काउन्सिलिङ गरेको उनले बताए । संक्रमित युवतीको समुदायस्तरमा कुनै पनि भय नरहेको उनले सुनाए । संक्रमित युवतीलाई उदाहरणको रुपमा लिँदा घरमै आइसोलेसनमा राख्दा पनि प्रभावकारी हुने साबित भएको उनले जिकिर गरें । कोरोनाविरुद्ध समाजमा अनावश्यक त्रास फैलाईंएको भन्दै उनले गुनासो पोखे ।
ड्राइभर र आफ्नो स्वास्थ्यमा कुनै पनि फरक नरहेको उनले दाबी गरे । ‘सबैजना आतंकित हुनु हुँदैन चिन्ता नगरौं, यस्तो कुराको पछि लाग्यौं भने समाज आतंकित हुन्छ । कुरा बुझेर सहीको पछि लाग्नुपर्छ ।’ उनले भने । अनावश्यक तर्क राखेर भाइरल बनाउनु भन्दा कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने उनको मत छ ।ढोरपाटन दैनिकले छापेको छ ।