कोरोना कहर -अमेरिकामा एकैदिन १३२१ को मृत्यु, फ्रान्समा २४ घण्टामा ११२० ले ज्यान गुमाए

एजेन्सी /-अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ ।

यद्यपि, १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

सम्बन्धित समाचार

1 Comment for “कोरोना कहर -अमेरिकामा एकैदिन १३२१ को मृत्यु, फ्रान्समा २४ घण्टामा ११२० ले ज्यान गुमाए”

  1. Kusum Keshav Parajuli

    पूजीवादको घोर लापरवाहीले गर्दा त्यहाका जनताले ज्यान गुमाउनु पर्यो

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’