पोखरामा नयाँ कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं- पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्।

पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो। ‘पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्,’ डा देवकोटाले भने। उनका अनुसार शुक्रबार सवा ४ बजेसम्म १२ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ।

यसअघिगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि कुनै पनि नयाँ संक्रमित नभेटिएको स्पष्ट पारेको थियो।

शुक्रबार हल्लामा ‘हल्लाको पछाडि नलागौं’ भन्ने फेसबुकमा पोस्ट गरेको निर्देशनालयले त्यसको केही समयपछि नै गण्डकीमा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्पष्ट पारेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’