बिपद् ब्यबस्थापन कोषमा नेकपा कुस्माको ५० हजार सहयोग, कार्यपालिका र कर्मचारीबाट पनि रकम जम्मा , लायन्स क्लबले गरे खाद्यान्न सहयोग

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिले कुश्मा नगरपालिकालाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेका हुन । नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद हस्तान्तरण गर्ने नेकपा नगरकमिटी पहिलो हो ।

नगरपालिकाले एकद्धार नीति मार्फत कोरोनाका कारण विपद्मा परेका विपन्न परिवारलाई प्रदान गर्ने राहत कोषमा नगरकमिटिले नगद ५० हजार रुपैंया सहयोग गरेको हो । नगरपालिकाले नगरभित्रका बिहान बेलुका हातमुख जोड्न नसक्नेहरुका लागि खाद्यान्न सहयोग गर्नका लागि रकम हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगरको बिपद् ब्यबस्थापन कोषमा गरेको सहयोग दुरुपयोग नहुने बिश्वास दिलाउँदै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।


कुस्माको बिपद् ब्यबस्थापन कोषमा नगरपालिकाले ५० लाख रुपैया बिनियोजन गरेको छ भने कार्यपालिका सदस्यहरुबाट ३ लाख, कर्मचारीबाट २ लाख रुपैया जम्मा भएको सामाजिक बिकास समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिबप्रसाद पौडेलले बताउनुभयो । कोषमा निजी क्षेत्रबाट १५ लाख जम्मा हुने अपेक्षा रहेको पौडेलले बताउनुभयो ।
यसअघि कुस्मा नगरपालिकालाई जिल्लाका बिभिन्न लायन्स क्लबहरुले संकलन गरेको खाद्यान्न नगरपालिको खाद्यय बैठकमा जम्मा गरेका छन । खाद्यान्न नगरभित्रका विपन्न परिवारका लागि उक्त रकमबाट खाद्यन्न उपलब्ध गराउनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’