मोदीको राहत कोषमा सहयोगीले जम्मा गरे एक लाख बढी नगद

पर्वत । कोरोना संक्रमणका कारण देश लड डाउनमा गए पछि मजदुर, किसान र विपन्न परिवारका सदस्य सवैभन्दा बढि मर्कामा परेका छन । दैनिक ज्यालादारी गरेर विहान वेलुकाको छाक टार्न मुस्किल हुनेहरु डक डाउनका कारण समस्या परेका छन । उनीहरुलाई राहत दिने गरी नेपाल सरकारले गरेको घोषणा बमोजीम मोदी गाउँपालिकाले राहत कोषको स्थापना गरेको छ ।

३ लाख रकम गाउँपालिकाबाट राहत कोषमा रकम जम्मा गरेर शुरुवात गरिएको उक्त कोषमा स्थानीयहरुले समेत सहयोग गरेका छन । गाउँपालिकाका प्रवक्ता समेत रहेका मोदी ६ का वडाअध्यक्ष बिमल लामिछानेले राहत कोषमा रकम संकलन गर्न यति बेला जुटिरहेका छन ।

गाउँपालिकाले एकद्धार नीति मार्फत राहत वितरण गर्ने भएपछि प्रवक्ता लामिछानेले स्थानीयलाई सामाजिक सञ्जालमा गरेको अनुरोध बमोजीम यो समाचार तयार पार्दासम्म १ लाख ४ हजार ५ सय रुपैंया जम्मा भएको छ । स्वदेश र विदेशमा रहनेहरुले विपन्न परिवारलाई राहत वितरणमो सहयोग गर्ने उद्देश्यले उक्त रकम गाउँपालिकाको खातामा ब्यक्तिगत रुपमा उपलब्ध गराईएको छ ।

ब्यक्तिगत र संस्था मार्फत राहत वितरणमा रोक लगाइएका कारण गाउँपालिकाको एकिकृत कोषमा सहयोग रकम उपलब्ध गराउन जिल्ला र गाउँपालिका बासीलाई अनुरोध गरिएको प्रवक्ता लामिछानेको भनाई छ ।

यस अघि गाउँकार्यपालिकाको वैठकले एकद्धार प्रणाली अबलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रेम पौडेल बताउँछन । ब्यक्तिगत र संस्थागत रुपमा गरिने सहयोग गाउँपालिकाको कोषमा गरिने निर्णय भएको पौडेलको भनाई छ । गाउँपालिका भित्रका विपन्न परिवारको नामावली तयार पारिएको बताउँदै पौडेले ति परिवालाई क्रमशः राहत सामाग्री उपलब्ध गराईने पौडेले बताए ।

राहत वितरण कार्यसंगै गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई निगरानीमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्री बताउँछ । गाउँपालिकाले क्वारेन्टाइनको निर्माण गरेका कारण विदेशबाट फर्केकाहरुलाइ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको क्षेत्रीको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’