बागलुङमा दोस्रो संक्रमित भेटिएपछि पर्वतमा उच्च सतर्कता, सामान्य ज्वरो आएपनि अस्पताल आउन आग्रह

पर्वत/ नेपालमा छैठौँ व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । विहिबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको जानकारी दिएको हो । उक्त कोरोना संक्रमित व्यक्ति बागलुङ्गकी ६५ बर्षिया महिला भएको पुष्टि भएको छ ।
अघिल्लो पाँचौ संक्रमित महिला पनि बागलुङकै रहेको र लगातार दुई जना सम्म कोरोना संक्रमित बागलुङका भएपछि पर्वतमा उच्च सतर्कता अप्नाइएको छ । चैत ११ गतेदेखि हुँदै आएको नियमित लकडाउनलाई अझै व्यवस्थित र कडाईका साथ लागु गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । त्यस्तै पर्वत अस्पतालले सामान्य ज्वरो आएपनि तुरुन्त अस्पतालमा स्वास्थ्य जाँचका लागि आउन आग्रह गरेको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले विहिबारका दिन एकजना पनि विरामी ज्वरो जाँच्न अस्पतालमा नआएको बताउँदै आफ्नो स्वास्थ्य प्रति सचेत र सजग रहन सवैलाई आग्रह गर्नुभयो । ‘विरामी नआउनु त सुखद पक्ष हो, तर सामान्य रोग भन्दै लुकाएर बस्ने हो भने भयावहको स्थिति सिर्जना हुन सक्छ ।’ उहाँले आफु पनि बाँचौ र अरुलाई पनि बचाऔँ भन्ने कुरा सवैले मनन् गर्न आग्रह गर्नुभयो । उहाँले समयमा नै स्वास्थ्य जाँच गराएमा जस्तो सुकै संक्रमणबाट पनि बच्न सकिने बताउनुभयो ।
पर्वतमा हालसम्म ३ सय ५४ क्वारेण्टिन बेड तयार भएका छन् भने ४ जना मात्रै क्वारेण्टिनमा भर्ना भएका छन् । आइसोलेसनमा भर्ना भएका ४ जना विरामी मध्ये स्वाब परिक्षणका क्रममा ४ जनाकै नेगेटिभ आएपछि घर फर्केर होम क्वारेण्टिनमा बसेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’