कोरोना संक्रमित बागलुङ्गकी महिला घरमै, अस्पताल ल्याउने तयारी

पर्वत । नेपालको छैटौं कोरोना संक्रमित बागलुङ्गकी ६५ बर्षिया महिला अहिले सम्म घरमै भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला घरमै रहेको पुष्टि गरेका हुन ।
बृद्ध महिला अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । तर कुन अस्पताल ल्याउने हो भन्ने बारे केही खुलेको छैन । बागलुङ्गकै एक युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएका कारण धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अबस्थामा सुधार आएको छ।
छैटौ संक्रमित महिला पनि नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए ।