एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०/१० रुपैयाँले घटेको छ । बुधबार नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको थियो ।

अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत निलम्बन गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मिनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।

एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’