समानता खोई कहाँ छ ?

-अनु शाह
तिम्रो र मेरो जातै फरक,
तिमी लोग्ने मान्छे,
म आईमाई,
कसरी मील्छ त कुरा ?
मीलाउन खोज्दैमा,
यो सबै सृष्टिकर्ताको गल्ती
मलाई कमलों बनायो र
तिमीलाई सार्हो बनायो,
मलाई सजीलो बनायो र
तिमीलाई गार्ह्रो बनायो,
अब दोष कस्लाई दीऊँ,
बनाउनेले कीन यस्तो बनायो?
तिमीलाई जीद्धी बनायो
मलाई सहनशील बनायो,
खै फेरी किन हो ?
तिमीलाई हैसियत दीलायो
र बाउ बनायो,
मलाई प्रसब सहने क्षमता दीलायो
र आमा बनायो,
तिमीलाई हल्का आकार
दीएर पुरूष बनायो
मलाई सुन्दर आकार
दीएर नारि बनायो,
शायद बनाउने लाई थाहा थियो
तिमी त्यस्तै ठीक थियो र
म यस्तै ठीक हुनेछु,
तर,
अलीकती गुनासो त छ अझै
तिमीलाई तन्दुरूस्त सरिर दीएर
बलीयो बनायो
तर मलाई नरम कोमल बनायो ?
तिमीलाई अली कठोर बनायो
तर मलाई
हर जिबन लाई मायाँ गर्न सक्ने
मायाँलु बनायो,
कस्तो जानेको सृष्टि चलाउन ?
हामीलाई एक अर्का बिना
कमजोर बनायो र
मायाँ गर्न सीकायो,
साँच्चै भन्नु पर्दा
दुईवटा असहज लाई जोडेर
एउटा बेजोड़ नमूना बनायो,
र सँसार चलायो,
प्रेम बिना मान्छेलाई न मर्नु,
न बाँच्नु गरायो,
अनी हामीलाई एक-अर्काको
परिपुरक बनायो
कती जानेको ऋष्टी चलाउन,
ईश्वर लाई त थाहा हुने भै हाल्यो
गृहस्थीको रथ चलाउन
दुईवटा पाग्रा बनायो
एउटा तीमीलाई बनायो
अर्को मलाई बनायो
आफु निर्माता बनेर निर्देशन दीने
हामीलाई समयको हातको
कठपुतली बनायौ
र नचाउनु सम्म नचायौ,
कस्तो अचम्मको लीला तिम्रो
हामीलाई एक अर्का बीना अधुरो बनायौ
हे ईश्वर तीमी धन्य छौ,

अब अन्तिम पुकार तीमी सँग,
जसरी भएपनी यो कोरोना भाईरस लाई
सँसार बाटै तुरून्तै नीर्मुल पार
र आफ्नो ऋष्टी बचाउ

अमेरिका

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’