राहत बितरणका लागि गण्डकी प्रदेश सरकारको स्थानीय तहलाई ६ करोड ५० लाख दिने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त रकम कोरोना भाइरस रोकथामकालागि प्रदेश सरकारले दिन लागेको हो । निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’