पर्वत कोरोना अस्पतालमा रहेकी महिलाको रिर्पोट पनि नेगेटिभ

पर्वत/ पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार भर्ना एकी एक महिलाको रिर्पोट पनि नेगेटिभ आएको छ।
पर्वतको बिहादी गाउँपालिका वडा नं १ की क्षेत्री थरकी ३० बर्षिया महिलाको रिर्पोट पनि परिक्षणका क्रममा नेगेटिभ आएको पर्वत कोरोना अस्पतालले जानकारी दिएको छ ।
ज्वरो र रुघाखोकी लागेपछि उनलाई थप परिक्षणका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आएको र सिटामोटल खाँदा समेत ज्वरो नघटेपछि अस्पतालमा आएकी थिइन ।
भर्ना गरिएकी बिरामीका श्रीमान १२ दिन पहिले भारतबाट फर्केका थिए । श्रीमानमा भने रुघाखोकी, ज्वरो जस्ता सामान्य लक्षण समेत देखिएका छैनन । कहिलेकाही संक्रमित ब्यक्तिमा लक्षण नदेखिएपनि भाइरस अरुमा संक्रमण हुन सक्ने पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । बिरामीको स्वाब शनिबार परिक्षणका लागि पठाउने तयारी भैरहेको छ । यसअघि कोरोना संक्रमित युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका युवाको रिर्पोट पनि नेगेटिभ आएको थियो भने थप दुई जनाको रिर्पोट आउन बाँकी छ ।
लाई पनि आइसोलेसनमा राखिएको छ । कुस्माबजारमा आफन्तकोमा बस्दै आएको अबस्थामा आइसोलेसनमा राखिएका युवाको पनि स्वाब शुक्रबारै परिक्षणका लागि पठाइसकिएको छ । रिर्पोट आउन भने बाँकी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’