किन पछि हटे कोरोना अस्पतालका लागि भेन्टिलेटर खरिद गर्न पर्वतका स्थानिय तह?

न्युज डबली / पर्वत
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) पुष्टि भएकी बागलुङ्ग नगरपालिकाकी एक युवतीलाई थप उपचारका लागि राख्ने अस्पतालको टुंगो लगाउन ‘महाभारत’को युद्ध जित्नु जत्तिकै भयो ।
अस्पतालमा आइसियु नभएका कारण बिरामी राख्न धौलागिरी अञ्चल अस्पताल बागलुङ्गले इन्कार गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र गृहसचिब महेश्वर न्यौपानेलाई फोन गरेरै बिरामीको उपचारको उचित प्रबन्ध गर्न निर्देशन दिनुपर्ने बाध्यता आयो ।
बुटवलको कोरोना अस्पतालमा आइसोलेसनमा रहेका बिरामीको उपचारकै क्रममा मृत्यु भयो । ज्वरो आएका बिरामीलाई आइसियुमा राख्न नसक्दा कोरोनाको संक्रमण पुष्टि नभएपनि उनले उपचारकै अभाबमा ज्यान गुमाउनु प¥यो ।
पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान(गण्डकी अस्पताल) देखि शुक्रराज ट्रपिकल अस्पतालले पनि बागलुङ्गमा रहेको बिरामीलाई त्यही राखेर उपचार गर्न भनिरहे तर आधारभूत आबश्यकता अनुसारका उपकरण, पिपिई सेट नभएका कारण स्वास्थ्यकर्मीले उपचार गर्न इन्कार गर्नुपरेको स्पष्ट छ ।
देशभर कोरोना भाइरसबाट संक्रमित तथा संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको उपचारका लागि क्वारेन्टाईन बनाउने क्रम चलिरहेको बेला पर्वतको कुस्मामा पनि गुप्तेश्वर बहुमखी क्याम्पसमा कोरोना अस्थायी अस्पालको रुपमा आइसोलेसन वार्ड बनाइएको छ। २० शैयाको आइसोलेसन वार्डमा शुरुमा भेन्टिलेटर सहितको सुबिधा रहने कुरा चर्चामा आयो र अहिले सेलायो ।
कुस्मा नगरपालिका सहित जिल्लाका सबै पालिकाले भेन्टिलेटर सहितको आइसोलेसन वार्ड बनाउने रकम संयुक्त रुपमा खर्च गर्ने प्रतिबद्धता जनाएपनि अन्तिममा स्थानिय तह पछि हटेकै कारण भेन्टिलेटर खरिद प्रकृया नै रोकिन पुगेको छ । भेन्टिलेटर खोज्नका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो निजी सचिबालय परिचालन गरेर त्यसको बन्दोबस्त समेत भएको थियो । चार दिन सम्म भेन्टिलेर पर्वतका लागि भनेर राखिएको र भेन्टिलेटर लिन पर्वत अस्पतालको गाडी काठमाण्डौ पुगेपछि खरिद प्रकृया रोकिएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘शुरुमा सबै पालिकाले रकम तिर्ने प्रतिबद्धता जनाएपछि भेन्टिलेटर ठिक्क बनायौ’ उहाँले भन्नुभयो ‘एकाएक पालिकाहरु पछि हट्न थालेपछि अन्तिम समयमा बुकिङ्ग नै रद्द गर्न बाध्य भयौ’
अध्यक्ष पहाडीका अनुसार अन्य पालिकाले खर्च दिन नमाने कुस्मा नगरपालिकाले नै सबै खर्च ब्यहोर्ने आश्वासन दिएपछि अन्तिममा बुकिङ्ग गर्ने निधो भएको थियो । तर सबै पालिका पछि हटेपछि कुस्माले पनि हात झिकेको थियो ।
प्रतिनिधी सभाका सदस्य पदम गिरीको संयोजनमा भएको बैठकमा उपस्थित पालिकाका प्रमुख तथा प्रतिनिधीहरुले आबश्यक पर्ने खर्च बेर्होने प्रतिबद्धता जनाएपनि अघिल्लो दिन नै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई केही स्थानिय तहका प्रमुखले भेन्टिलेटर खरिद गर्नका लागि सहयोग गर्न नसकिने संकेत दिइसकेका कारण त्यो बैठकमा भेन्टिलेटरको बाहेकको खर्चको मात्रै कुरा उठेको पाइएको छ । कोरोनाको संक्रमण नियन्त्रणमा आएपछि पर्वत अस्पतालमा राखिने भएका कारण अन्य पालिकाहरुले घरकै सम्पति दिनु परे जसरी पछाडी हटेको अनुमान गरिदैछ । ‘एक सय दुई बर्ष पछि बिश्व हल्लाउने गरि आएको माहामारी प्रति पर्वतका स्थानिय तहका प्रतिनिधीहरुको संवेदशीलता देखिएन’ उहाँले भन्नुभयो ‘कोरोना लागेका बिरामीलाई अन्यत्र कुनै अस्पतालले भर्ना नलिने अबस्था देखिएको अबस्थामा पर्वत कारोना अस्पतालमा पनि भेन्टिलेटर आबश्यक थियो, भोली त्यसको आबश्यकता देखिनेछ ।’ कुनैपनि अस्पतालले पर्वतमा संक्रमण देखिएका बिरामीलाई भर्ना लिन नमानेमा भेन्टिलेटर बाहेक कसरी स्वास्थ्यकर्मीले जोखिम उठाएर उपचार गर्छन भन्ने प्रश्न उठिरहेको उहाँको भनाई छ ।
कोरोना संक्रमण संग जुध्न नगरपालिका र गाउँपालिकाहरुले क्वारेन्टाइनहरु बनाएपनि आइसोलेसन वार्डको रुपमा कुस्मामा रहेको कोरोना अस्पताललाई नै प्रयोग गर्ने कुरामा प्रतिबद्धता पनि जनाएका छन । त्यसका लागि आबश्यक पर्ने ९ लाख रुपैया बराबरको भेन्टिलेर किन्न खरिद गर्नका स्थानिय तहले देखाएको उदासिनतालाई यो माहामारीको बेला पनि जनप्रतिनिधीहरु कति अनुदार भैरहेका छन भन्ने उदाहरणको रुपमा हेर्न लागिएको छ । अहिले सम्म जनप्रतिनिधीहरुले भनिरहेका र गरिरहेका कामहरु केवल सार्वजनिक खपतका लागि मात्रै गरेका हुन की साच्चिकै जनताको स्वास्थ्य प्रति सम्बेदनशील छन भन्ने कुरा क्रमशः देखिदै जानेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?