पर्वतको जलजलामा बस्ने युवती आफै गइन आइसोलेसनमा भर्ना हुन, स्वाब परिक्षणका लागि काठमाण्डौ पठाइदै

पर्वत / कोरोनाको संक्रमण पुष्टि भएका ब्यक्ति संग सम्पर्कमा भएका ब्यक्तिहरु आइसोलेसन तथा क्वारेन्टाईनमा बस्न आनाकानी गरिरहेका बेला पर्वतको जलजला गाउँपालिकमा बस्दै आएकी एक
२७ बर्षिया युवती भने आफै आइसोलेसनमा पुगेकी छन ।
छिमेकी जिल्ला बागलुङ घर भई हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ वर्षीया युवतीमा कोरोनाको सम्भावित लक्षण देखा परेपछि बेनी अस्पतालको आइसोलेसन वार्डमा आँफै भर्ना हुन पुगेकी हुन ।
म्याग्दीको बेनी अस्पतालमा सोमबार कोरोनाका लक्षण देखिएकी ती युवती आफै अस्पताल आएपछि आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई साइसोलेसनमा राखिएको अस्पतालका डा. मनोज घिमिरेले बताए। ‘श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको सम्र्पकमा आउनुभएको थियो, विदेशबाट आउनुभएका बिरामीको आफन्त पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ डा घिमिरेले बताए।

थाहाखबर अनलाईनका अनुसार विदेशबाट आएका आफन्तलाई समेत ज्वरो, रुघाखोकी देखिएकोले थप चेकजाँच गर्न अस्पतालमा ल्याउने तयारी भइहेको छ। स्वास्थ्य परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको लक्षण हुन सक्ने भन्दै सचेत भएर उनी आफैं अस्पताल पुगेकी चिकित्सकको भनाइ छ। उनको स्वाब मंगलबार परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको बेनी अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’