बेलारुसका राष्ट्रपतिको अनौठो सल्लाह : कोरोनाविरुद्ध भिड्न भोड्का पिउनुस

एजेन्सी /धेरैजसो युरोपेली देशले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेर सीमा बन्द गरिरहँदा बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोमा कुनै चिन्ता छैन।

र त नागरिकहरुलाई रोगसँग लड्न भोड्का पिउन सल्लाह दिइरहेको समाचार वासिङटन पोष्टले प्रकाशन गरको छ।

वासिङ्गटन पोस्टका अनुसार विश्‍व कोरोनासँग जोगिन सचेतना अपनाइरहँदा बेलारुसलाई भने त्यसको चिन्ता छैन। नियमित झैँ बेलारुस प्रिमियर लिग संचालन बन्यो ३ हजार दर्शको बिचमा। यसले सबैजसो बिदेशी समर्थकको ध्यान आकृष्ट गरेको छ। फुटबल सिजन जारी रहेको बेलारुस युरोपकै एकमात्र देश हो।

सीएनएनका अनुसार गत सप्ताहन्तको शनिबार मात्रै शीर्ष डिभिजनका ६ खेल आयोजना भएका थिए। जसमा एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको खेल पनि थियो। बेलारुसको राजधानीमा ३ हजार दर्शकबीच त्यो खेल खेलाइएको हो।

९५ लाख जनसंख्या भएको पूर्व सोभियत गणराज्यमा कोरोना संक्रमितको संख्या सयभन्दा माथि छैन। यहाँ अहिलेसम्म कसैको मृत्यु भएको छैन। बेलारुस फुटबल संघका प्रवक्ता अलेक्जान्दर अलेइनिकले हरेक खेलअघि कोरोनाबारे सावधानी अपनाइएको जानकारी दिए। ‘खेलकुद मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार हामीले काम गरिरहेका छौं। समर्थकसँग प्रत्यक्ष सम्पर्कमा आउनेहरुले मास्क र पन्जा लगाउनेछन,’ उनले बीबीसीसँग भने।

स्पोर्ट्स पोटर्ल ‘गोल’ का अनुसार, लिइएका केही उपायमध्ये एक थर्मल क्यामेराको प्रयोग हो। जसले दर्शकहरूलाई रंगशालामा जानुभन्दा पहिले ज्वरो आए नआएको बताउँछ। रुख ब्रेस्ट र एनर्जेटिक–बीजीयू मिन्स्ककोबीचको खेल भन्दा अगाडि खेलाडीहरूले ‘हामी विश्वका लागि खेल्दैछौं’ भन्‍ने टिसर्ट लगाएका थिए। यस निर्णयले बेलारुस फुटबल महासंघलाई रसिया, इजरायल र भारतलगायत १० देशका स्पोर्ट नेटवर्कसँग प्रसारणसम्बन्धी सुरक्षित सम्झौतामा मद्दत पुर्‍याएको छ। अलेनिकीले यसलाई ‘अभुतपूर्व अवस्था’ भने छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’