पर्वतमा लक डाउन अबज्ञा गर्ने दश सवारी साधन प्रहरी नियन्त्रणमा

पर्वत / बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लगाइएको लक डाउन अबज्ञा गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले लक डाउनको अबस्थामा पास बिनै आफुँ खुसी सञ्चालनमा आएका १० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरुमा ५ वटा स्कुटर र ५ वटै मोटरसाइकल रहेका छन ।
पर्वतमा लक डाउनको उलंघन गरि सडकमा निस्कने, गाउँगाउँमा भोजभतेर गर्ने, भलिबल फुटबल तथा रोधी सञ्चालन गर्ने काम भैरहेको सुचना आएका कारण थप कडाई गर्न लागिएको त्यस्तो पाइएमा कानुन अनुसार काबार्ही हुने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’