बागलुङमा कोरोना संक्रमित देखिँदा पर्वतमा त्रास , अफवाहको पछि नलागी घरमै सुरक्षित बस्न स्वास्थ्यकर्मीको सल्लाह

पर्वत / बागलुङमा कोरोनाको संक्रमण देखिएपछि जिल्लावासी र छिमेकी जिल्लाका बासिन्दा त्रसित छन् । उनलाई शनिवार संक्रमणको पुष्टि भएदेखी नै पर्वतमा विभिन्न अफवाह फैलिन शुरु भैसकेको छ । संक्रमित यूवती पर्वतमा पनि घुम्न आएको भन्दै बजारमा अडकालवाजी भैरहेका छन् । तर उनी पर्वत तिर आएको कुनै प्रमाण र तथ्य अहिले सम्म भेटिएका छैनन ।
कुश्मामा भने एकाएक यूवती बन्जिजम्प वरिपरि घुम्न आएको र पीङ समेत खेलेको भन्दै हल्ला गर्न थालिएको छ । उनी कुश्मामा घुमेको र पीङ खेलेको भन्ने हल्ला गरेपनि रक गार्डेन रेष्टुरेष्टका सञ्चालक नरेन्द्र खत्रीले संक्रमित यूवती आफ्नो रेष्टुरेण्टमा नआएको बताएका छन् । आफुले संक्रमितलाई राम्रो संग चिनेको बताउँदै खत्रीले उनी पीङ खेल्न नआएको बताए । ‘ उसो त चैत ५ गतेदेखि पीङमा आउने घटिसकेका थिए,’ खत्रीले भने,‘ संक्रमित यूवती यहाँ आएको भन्ने हल्ला मात्रै हो ।’
संक्रमित किशोरीका बुवाले उनी बिदेशबाट आएपछि घरमै बसेको कहिँ घुमघाम नगरेको दाबी गर्नुभएको छ । स्करपियोमा सिधै घरमा आएको र घरमा आएकालाई भेटेपनि घुमघाम नगरेको परिवारको दाबी छ । उनी कुश्मामा आएको हल्ला गरेर जनमानसमा त्रास फैलाउने काम नगर्न प्रसासन र प्रहरीले अनुरोध गरेको छ । पर्वत प्रहरी र प्रसासनले वागलुङमा संक्रमण भएकी यूवती पर्वत आएको कुनै प्रमाण र तथ्य नदेखिएको जनाएका छन् ।
महामारीको यो समयमा सजग र सचेत हुनुपर्ने आवश्यकता भएपनि प्रमाण बिनाका हल्ला बजारमा फैलिँदा जनमानस थप समस्यामा पर्ने देखिन्छ । त्यसैले अफवाहको पछि लाग्नुभन्दा दैनिक व्याक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ । संक्रमण फैलिन नदिन घरवाहिर ननिस्कने, सकरात्मक कुरा मात्रै सोच्ने र ग्रहण गर्ने, घरभित्रै सृजनात्मक काम गरेर समय बिताउन सर्वसाधारणहरुलाई चिकित्सकहरुको सल्लाह छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’