पर्वतमा लक डाउन उल्लंघन गर्दै करेन्ट लगाएर माछा मार्ने छ युवा पक्राउ

पर्वत / लक डाउनको समयमा मोदी खोलामा करेन्ट लगाई माछा मार्ने छ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
करेन्ट लगाएर माछा मारेको अबस्थामा पर्वतको कुश्मा नगरपालिका ८ परादीमा मोदीखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा ६ जनालाई प्रहरीले शनिबार पक्रेको हो ।
माछा मार्ने क्रममा करेन्ट लगाउन प्रयोग हुने सामान सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कुस्मा नगरपालिका –८ अम्बोटका ३१ बर्षिइ दिनेश थापा मगर, ३७ बर्षिय राजु थापा मगर, २९ बर्षिय विष्णु थापा मगर , २१ बर्षिय समिर क्षेत्री, ३६ बर्षिय दुर्गा पौडेल र ३८ बर्षिय मिसन पौडेल रहको प्रहरीले जनाएको छ।