जिल्ला प्रशासनबाट पास बितरणमा कडाई, अत्याश्यक बस्तुका पसल बन्द नगर

पर्वत / बिश्वब्यापी रुपमा माहामारीको रुपमा फैीलएको कोरोना भाईरसको संक्रमण फैलन नदिन गरिएको लक डाउनको अबस्थामा अनावश्यक रुपमा सवारी साधनको पास माग्ने क्रम बढेपछि शनिबारबाट पास बितरणमा कडाई गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना जारी गरि जथाभावी सवारी पास मागी भीडभाड बढाउने र आवतजावतमा वृद्धि गर्ने काम हुन थालेपछि पास बितरणमा कडाई गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सम्म १ सय ३७ वटा पास बितरण गरेको छ । अत्यावश्यक कामका लागि सवारी पास उपलब्ध गराई सहज तुल्याइएकोमा अनावश्यक रुपमा पास मागेर दुरुपयोग गर्ने खतरा देखिएको भन्दै बिरामीको प्रेसकिप्सन, सामान माग गरिएको अर्डर लिष्ट आदिका भरमा मात्रै बितरण हुने सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले जानकारी दिनुभयो । ‘बिरामी बोक्ने भनेर पास लिई यात्रु बोकेको पाइएको छ ।’ उहाँले भन्नुभयो ‘अब पास बितरणमा कडाई हुन्छ, बिना प्रमाण भनसुनका आधारमा दिदैनौ, र पासको दुरुपयोग भएको पाईएमा काबार्ही गर्छौ ।’ प्रशासनबाट अनाबश्यक रुपमा सयौलाई पास बितरण भएको भनेर सामाजिक सञ्जालमा पनि बिरोध भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जारी गरेको सुचनामा जिल्ला प्रशासन कार्यालयले बजारमा अत्याबश्यक सामानको अभाब हुन नदिन यस्ता पसलहरु बन्द नगर्न निर्देशन दिएको छ । । बाहिरबाट खाद्य सामग्री आयातका लागि सहजिकरण गर्ने कार्य भइरहेको र बजारको स्टक गणना गर्ने कार्य समेत सम्पन्न भई बजार चुस्तअवस्थामा रहेको देखिएको कार्यालयले जनाएको छ । उपभोक्ताहरुलाई भीडभाड नहुने गरी आफू नजिकैका पसलहरुबाट मात्र न्यूनतम सामग्री खरिद गर्न र आवश्यकभन्दा बढी परिमाणमा खाद्य सामग्री खरिद गरी सञ्चय नगर्न समेत विशेष अनुरोध गरेको छ । अनावश्यक परिमाणमा खाद्य सामग्री खरिद गर्ने, अत्यावश्यक सामग्रीका पसलहरु बन्दगर्ने, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मूल्य वृद्धि गर्ने जस्ता कालोबजारी गरेमा पनि काबार्ही गर्ने चेतावनी दिएको छ। कार्यालयले अत्यावश्यक काममा व्यवस्थित दोस्रो व्यक्तिसँग प्रत्यक्षभौतिक सम्पर्कमा नरहँदा यस भाइरसको संक्रमण नहुने भएकोले घरभित्रै रहन र कुनै शंकास्पद लक्षण देखिएमा परिवारसँग पनि अलग रही तुरुन्त नजिकका स्वास्थ्यकर्मी संग सम्पर्क गर्न अनुरोध गरेको छ।
पर्वतवासीहरुको स्वास्थ्य सुरक्षामा गम्भीर भई चैत्र महिनामा नेपाल भन्दा बाहिरका मुलुकहरुबाट आएका व्यक्तिहरुको विवरण र हालको अवस्था समेत अद्यावधिक गरी निजहरुलाई सुझाव÷सल्लाहदिने र आवश्यकता अनुसार स्थानीय तहहरुमा निर्मित क्वारेन्टाइन वा शिवालय माबिमा निर्मित क्वारेन्टाइन वा गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्मित आइसोलेसनमा ल्याउने व्यवस्था गरिएकोले त्यसको पालना गर्न आग्रह पनि गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना यस प्रकार छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’