पर्वतमा भित्रिए १२ थान पिपिई र मास्क

पर्वत/कोरोना भाइरस संक्रमितको उपचारका लागि चिकित्सकले प्रयोग गर्ने पिपिई पर्वतमा भित्रिएको छ ।
संक्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई ( प्रसनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिई) सेट अभावका कारण चिकित्सकलाई समस्या भएका बेला चौधरी ग्रुपले प्रदान गरेको पिपिई आइपुगेको हो ।
कुश्मा नगरपालिकाले कोरोना भाईरस संक्रमितको जाँच र उपचारका लागि चिकित्सकले प्रयोग गर्ने पिपिई १२ थान उपलव्ध भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । पिपिई र मास्क पर्वत अस्पतालका चिकित्सक र अस्थाई कोरोना अस्पतालमा खटिएका चिकित्सकलाई वितरण गरिने भएको छ ।
पिपिई आएसँगै बिरामीको परिक्षण गर्न सहज हुने भएको छ । जिल्लामा सर्वसाधारणलाई वितरण गर्न केहि मास्क समेत चौधरी ग्रुप मार्फत प्राप्त भएको नगरप्रमुख जोशीले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’