पर्वतमा गोरु काट्दै गरेको अवस्थामा तीन युवा पक्राउ

पर्वत/ पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङमा कानुन विपरित मासु खाने उद्देश्यले गोरु काट्दै गरेको अवस्थामा प्रहरीले तीन युवालाई रंगेहात पक्राउ गरेको छ । चैत १४ गते शुक्रबारका दिन विहान १० बजेको समयमा गोरुको टाउको छिनाइसकेको अवस्थामा प्रहरीले युवाहरुलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो ।
घटनामा संलग्न महाशिला २ भोक्सिङका १६ बर्षिय सुजन गुरुङ, सोही स्थानका २७ बर्षिय लोकेन्द्र गुरुङ र महाशिला १ होश्राङदीका २७ बर्षिय पिताम्बर भूसाललाई प्रहरीले नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा रहेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट जिल्ला प्रहरी कार्यालय पर्वत चलान गरिएको लुंखुमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो ।
नियन्त्रणमा रहेका युवाहरुले पर्वत जिल्ला अदालतमा गौवध अन्तर्गत मुद्धा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’