पर्वतको लुंखुमा असई कुटेको आरोपमा पुर्ब डिएसपीका छोरा पक्राउ

पर्वत । इलाका प्रहरी कार्यालय लुंखुका प्रमुख प्रहरी सहायक निरीक्षक(असई )कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा नेपाल प्रहरीका पुर्ब डिएसपीका छोरा सहित दुई जना पक्राउ परेका छन ।
असई पनेरुलाई कुटपिट गरेको आरोपमा पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुले चैत्र चैत ११ दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको भन्दै सुरक्षा दिन पुगेका इलाका प्रहरी कार्यालय लुंखुबाट पुगेको प्रहरी टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई कुटपिट गरेका थिए । कुटपिट आरोपमा परेका पक्राउ परेका सुवास तिवारी नेपाल प्रहरीका पुर्ब डिएसपी कृष्ण तिवारीका छोरा हुन ।
पीडित पनेरुका अनुसार हतकडी लगाउने क्रममा आफुलाई कन्चटमा हानेर भागेको र तत्काल महाशिला गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहयोगमा गिरफ्तार गरिएको थियो ।
स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत रहेका पनेरुलाई कन्चटमा गहिरो चोट लागेको र उपचारका क्रममा ४ वटा सुचर ९टाँका० लगाइएको पीडित पक्षको भनाइ छ ।
आरोपित युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत १२ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।