सिंगापुरमा व्यक्तिबीच ३ फिटको दुरी नराखे लाखौं जरिवाना र जेल सजाय

एजेन्सी/ कोरोना भाइरससँग लड्नका लागि संसारभरीका देशले कडा कदम उठाइरहेका छन् ।
सिंगापुरमा पनि शुक्रबारबाट लागू हुने गरी नयाँ नियम तोकिएको छ ।
नयाँ नियम अनुसार जो व्यक्तिले अर्को व्यक्तिसँग एक मिटर अर्थात् करिब ३.३ फिटको दुरी कायम गर्दैनन् उनीहरुलाई १० हजार सिंगापुर डलर (करिब ८ लाख ३८ हजार रुपैयाँ) अथवा ५ महिनाको जेल सजाय वा दुबै तोकिने छ ।