मौसम पूर्वानुमानः चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

यसैगरी, महाशाखाले हाल हाल देशको पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पश्चिमी भू–भागका केही स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

यता, हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने जानकारी दिएको छ ।

त्यस्तै, देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’