कोरोना रोकथामका लागि पर्वतमा कमाण्ड पोष्ट गठन

पर्वत/ कोरोना भाईरसको माहामारीको संक्रमण फैलन नदिन सिंगो देश जुधिरहेको बेला पर्वतमा पनि यसका बिरुद्ध जुध्न कमाण्ड पोष्ट गठन गरिएको छ ।
जिल्लास्तरमा कोरोaना बिरुद्धको अभियानलाई एकिकृत ढंगले सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा कमाण्ड पोष्ट गठन गरिएको हो ।
कमाण्डपोष्टमा जिल्ला सुरक्षा समितिका सबै सदस्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष , जिल्ला स्वास्थ्य कार्यालय र पर्वत अस्पतालका प्रमुख र सात वटै गाउँपालिकाका स्वास्थ्य इकाइका प्रमुखहरुलाई राखिएको छ ।
कमाण्डपोष्टले देश लकडाउनको अबस्थामा रहेकाले शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा र जनताका लागि सहज रुपमा खाद्यान्न आपुर्ति गर्ने बिषयमा एकिकृत ढंगले काम गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’