पर्वतको विहादी गाउँपालिकामा विदेशबाट फर्किएका ४५ जना घरमै क्वारेन्टाईनमा

पर्वत । विदेशबाट नेपाल फर्किएकाहरुमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि गाउँपालिका तथा नगरपालिकाहरुले विदेशबाट फर्किएकाहरुको खोजी कार्य शुरुगरेका छन ।

हालसम्म विदेशबाट फर्किएका ३ जनालाई भाइरसको संक्रमण देखिएको छ ।

३ जना मध्ये एक जनालाई निको भएको छ भने दुई जना उपचाररत छन ।

यहि क्रममा पर्वत जिल्लाका ७ वटै स्थानीय तहहरुले वडा भित्र आफ्ना नागरिकहरु कुन कुन देशबाट कहिले फर्के भन्ने तथ्यांक निकाल्न थालेका छन ।

यसैक्रममा पर्वत जिल्लाको विहादी गाउँपालिकाले हालसम्म ४५ जना विदेशबाट केहि समय अघि मात्रै गाउँपालिका भित्र आएको सुुचि निकालेको छ ।

गाउँपालिकाले विदेशबाट आएको सुचि तत्काल निकाल्न वडाअध्यक्षहलाइ दिएको निर्देशनका आधारमा गाउँपालिकाले यस्तो सुचि निकालेको हो ।

‘हालसम्म ४५ जना सम्पर्कमा आएका छन’ गाउँपालिकाका अध्यक्ष कमल भुषालले भने –‘बाँकी कोहि छन कि भनेर खोजी गरीरहेका छौं। ’ विदेशबाट आउनेहरुलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि र प्रहरीको समन्वयमा घरमै बस्न र बाहिर ननिस्कन निर्देशन दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी भुषालले जानकारी दिए ।

भुषालका अनुसार विदेशबाट आउनेहरु मध्येमा हालसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । स्वास्थ्यमा समस्या आएमा उनीहरुको उपचारका लागि रिफर गरिनेछ । सवै स्वास्थ्य चौकीका कर्मचारीहरु हाइअलर्टमा राखिएको शाखा प्रमुख भुषालले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’