कोरोना रोकथामका लागि गण्डकी सरकारको १५ करोडको कोष

पोखरा / कोभिड–१९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गर्दै सहयोगका लागि सबै पक्षसँग आग्रह पनि गरेको छ ।

मन्त्रिपरिषदका प्रवक्ता भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेतका अनुसार उक्त कोषमा मुख्यमन्त्री र सातै मन्त्रीले एक महिनाको तलब दिने निर्णय पनि भएको छ । ‘राष्ट्रिय बाणिज्य बैंकमा खाता संचालन हुनेछ,’ उनले भने, ‘कोषमा सहयोग गरी प्रदेश सरकारको अभियानमा हातेमालो गर्न निर्वाचित जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, संघसंस्थासँग आग्रह पनि गर्छौं ।’
यसैगरी मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेत, सामाजिक बिकासमन्त्री नरदेवी पुनमगर र प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरेको छ ।

समितिले बुधबारैदेखि काम थालेको छ । यस्तै सबै जिल्ला अस्पताललाई कोरोना रोकथामका लागिमात्रै भनेर यसअघि जनही ५ लाख पठाइएकोमा थप ५ लाखका दरले पठाउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । उक्त रकम कोरोना नियन्त्रणमामात्रै खर्च गर्नुपर्नेछ ।कान्तिपुर दैनिक

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’