पर्वतको कुस्मामा २० शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा

पर्वत / कोरोना(केभिड १९)को उपचारका लागि पर्वतको कुस्मामा २० शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
कुश्मा नगरपालिका, पर्वत अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
शुरुमा १५ शैयाको तयारी गरेपनि २० शैयाको अस्पताल तयार भएपछि कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटालाई साँचो हस्तान्तरण गर्नुभयो । नगरपालिकाले अस्पताललाई साँचो बुझाएपछि बुधबार देखि नै अस्पताल सञ्चालनमा आएको डा. देबकोटाले जानकारी दिनुभयो ।
पर्वतमा कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोही अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । बजारमा भेन्टिलेटरको अभाब भएका कारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकोे पहलमा यसको ब्यबस्थापन भएको छ । लक डाउनका कारण भेन्टिलेटर आउन नसकेपछि अन्य सेवा भने सुचारु भएका छन । बुधबार देखि नै ३ सिफ्टमा खट्ने गरि डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सहयोगीहरुको ब्यबस्थापन गरिएको छ। प्रत्येक सिफ्टमा दुई जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना अहेब, दुई जना सुरक्षाकर्मी र २ जना सहयोी खटिएका छन । उनीहरु ब्यक्तिगत सुरक्षाका सामाग्री सहित उपचारका लागि खटिएको डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’